काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीरमा अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गरेका छन् ।
च्यासलस्थित मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिएको छ । आज दिनभर नेम्वाङको शव पार्टी कार्यालयमा राखिनेछ ।
नेम्वाङलाई श्रद्धाञ्जली दिन नेताहरूको बाक्लो उपस्थिति छ । छोराहरू विदेशबाट आएपछि उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
बालुवाटारस्थित निवासमा आज बिहान साढे १ तिर हृदयघात भएपछि नेम्वाङको त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो । मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने साथै अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।