१० कार्तिक २०८१, शनिबार 1730002272
Banner

नेम्वाङको निधनको शोकमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए । पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले जानकारी दिए ।

नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि सचिवालयले निर्णय गरेको छ ।

Tags :