१० कार्तिक २०८१, शनिबार 1730002776
Banner

हिन्दु मुस्लिम लडाएर संघीयता खारेजी गर्ने षड्यन्त्र भइरहेको छ : मुख्यमन्त्री

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिन्दू मुस्लिम लडाएर संघीयता खारेज षड्यन्त्र भइरहेको बताका छन् ।

यस्तै, उनले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिए । मंगलबार बाराको बारागढी गाउँपालिका १ नुरी जामा मस्जिदको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

संबोधनका क्रममा उलने आफू मुख्यमन्त्री बनेको एक महिनापछि केहि हिन्दुवादी भेट्न आएको र उनीहरुले हिन्दूमाथि अत्याचार हुने गरेको गुनासो गरेको प्रसँगसमेत उल्लेख गरे ।

मुख्यमन्त्री यादवले भने, ‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन्, गोलीले ठोक्न सुरु भइहाल्छ । यो प्रदेशमा कुनै किसिमको दंगा हुनु हुँदैन् ।’

उनले बिहारमा जस्तै मधेशमा उर्दु पढाई हुने सरकारी विद्यालय स्थापना गर्ने उद्घोष गरे । ‘बिहारमा उर्दु विद्यालय हेरेको छु । नेपालमा छैन । तर मधेशबाट सुरुवात गर्छौं’, उनले भने ।

मन्दिर, मस्जिद, कक्रस्थानसहितका कामका लागि यसवर्ष १० करोड बजेट छुट्याएको पनि मुख्यमन्त्री यादवले बताए । उनले यो धर्म निरपेक्ष देश भएकाले आफू सद्भाव कायम राखेर काम गर्न चाहेको बताए ।

Tags :