१० कार्तिक २०८१, शनिबार 1729995677
Banner

ढाकाकुमार श्रेष्ठले रास्वपाका नेतामाथि लगाएको आरोपबारे अनुसन्धान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरूमाथि लगाएको आरोपबारे अनुसन्धान सुरु गरेको बताएका छन् ।
बिहीबार प्रमुख सचेतक सन्तोष परियारले संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

श्रेष्ठले पार्टीका नेताहरूमाथि लगाएको आरोपका सम्बन्धमा गम्भीर रूपमा अनुसन्धान भएको भन्दै सत्यतथ्य प्रमाणित भए कारबाही गर्नेसमेत बताए ।

उनले जिम्मेवार पार्टी भएकाले श्रेष्ठले राखेका कुरालाई पार्टीले गम्भीर रूपमा लिएको र अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आएपनि अनुसन्धान नरोकिने जिकिर गरे ।
रास्वपाबाट निष्कासित डा. श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर मन्त्री बनाउन तीन करोड रुपैयाँ माग गरेको बताएका थिए ।

Tags :