१० कार्तिक २०८१, शनिबार 1729973115
पालिका

बूढानीलकण्ठले आसोज २ गतेबाट अव्यवस्थित तार व्यवस्थापन गर्ने

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र रहेका अव्यवस्थित केवल तारको व्यवस्थापन गर्ने भएको छ ।

नगरको २०८०।०५।२१ गतेको बैठकको निर्णय बमोजिम नगरभित्र रहेका अव्यवस्थित तारको व्यवस्थापन गर्न लागिएको हो ।

आसोज ०२ गतेबाट बूढानीलकण्ठ मुख्य सडकका केबल तारहरु व्यवस्थापन गर्न लागिएको नगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

व्यवस्थापन कार्य असोज २ गते न्यूरो हस्पिटल गेट, बाँसबारी हुँदै ब‍ूढानीलकण्ठ मन्दिर मेनरोड क्षेत्रबाट हुनेछ ।

नगरपालिकाले कम्तिमा दुई जना कर्मचारी र केबल तार व्यवस्थापनमा चाहिने आवश्यक उपकरणहरूसहित अनिवार्य उपस्थितिका लागि प्रत्येक सेवा प्रदायक संस्थालाई अनुरोध गरेको छ ।

कुनै सेवा प्रदायक संस्थाको केबल तार काटिएमा नगरपालिका जवाफदेही नहुने जारी सूचनामा उल्लेख छ ।

Tags :