२७ भदौ २०८३, शनिबार 1789242157
Banner

तीनकुने सामूहिक हत्या प्रकरण : थप चार जना पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा शंकाष्पद थप चार जना पक्राउ परेका छन् । तर, प्रहरीले उनीहरुको परिचय गोप्य नै राखेको छ ।

शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो।

नवीनलाई भाइ बताउने २८ वर्षीय दिपेन्द्र राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए।

खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार जनाको विभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो। मृतकको टाउको,घाँटी लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार भएको देखिएको छ।

Tags :