१० कार्तिक २०८१, शनिबार 1729987627
Banner

प्रधानमन्त्रीले भेटे राष्ट्रपति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्टसंघ र चीनको भ्रमणपूर्व प्रधानमन्त्री दाहालले राष्टपति पौडललाई भेटेका हुन् ।

भेटका क्रममा प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएका थिए ।

साथै भेटवार्तामा समसामयिक विषयमा पनि छलफल भएको थियो ।

Tags :