१० कार्तिक २०८१, शनिबार 1729987910
Banner

संविधानसभाका अध्यक्ष नेम्वाङको निधन अप्रत्यासित : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् ।

शनिबार ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पर्क समन्वय कमिटीद्वारा आयोजित एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शोकसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सो क्रममा नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको उनको भनाइ थियो ।

नेम्वाङप्रति देखिएको सद्भाव र उनको अवसानपछि देखिएको सहानुभूतिले उनले सार्थक जीवन जिएको महासचिव पोखरेलले बताए । संविधानसभाबाट संविधान जारी गराउने विषयमा नेम्वाङले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको उनले बताए ।

‘एमालेले राष्ट्रलाई जोड्ने कुरामा जुन प्रकारले सफलता हासिल गर्‍यो, त्यसको श्रेय सुवासचन्द्र नेम्वाङको पनि रहेको छ’, पोखरेलले भने, ‘माओवादी शान्ति प्रक्रियामा आएपछि संविधान निर्माण र कार्यान्वयनमा नेम्वाङले खेल्नुभएको भूमिका अविस्मरणीय छ ।’

Tags :