२८ भदौ २०८३, आइतबार 1789334602
Banner

नेपाल चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, भोेलि आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । भाद्र २७ गते संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा विरामीहरुको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी घाइते बनाइएको घटनाको विरोधमा संघले आइतबार एक दिन देशभरका आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका हो ।

‘नेपाल चिकित्सक संघबाट मिति २०८० भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरुलाई कानूनी कारवाही गर्न माग गरिएको थियो । सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरुलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस मिति २०८० भाद्र ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य भएको जानकारी गराइन्छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार भाद्र ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गरिने संघले जनाएको छ ।