२९ असार २०८३, सोमबार 1783932352
Banner

डाक्टरहरु प्रदर्शनमा उत्रिँदा, नयाँ बिरामी मर्कामा

काठमाडौं । चिकित्सक आन्दोलनमा उत्रिँदा आज देशभरका स्वास्थ्य संस्थामा आवश्यकबाहेक अन्य सेवा ठप्प छ ।

नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनरत चिकित्सकले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् ।

नेपालको जेठो बीर अस्पतालमा सूचना टाँस गरेर ओपीडी टिकट काउन्टर आज बन्द रहेको जानकारी गराइएको छ भने चिकित्सकहरु भने ‘हिंसा समस्या हो, समाधान होइन’, ‘ह्वाइट कोट इज टर्निङ रेड’ (सेतो कोट रातोमा परिणत हुँदैछ), ‘विदेश पलायन हुन बाध्य नपार’ लगायत नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो ।

त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

Tags :