काठमाडौं । ६० किलो सुन तस्करी गरेको आरोपमा २९ जनामाथि मुद्दा दर्ता भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको थियो, तर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो ।
प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार सूचीमा छन् ।
यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।