८ मंसिर २०८१, शनिबार 1732360468
Banner

पूर्वउपराष्ट्रपति पुनका छोराको बयान : सुनतस्करीसँग कहिलेकाहीँ सम्पर्क भएको हो, तर, कारोबार भएको छैन

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का पुत्र दिपेश पुनले ६० किलो सुन तस्करीका प्रतिवादी दावा छिरिङसँग कारोबार नभएको बताएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धानलाई बयान दिने क्रममा उनले यस्तो बताएका हुन् ।

तर, उनले आफ्नो दावासँग कहिलेकाहीँ सम्पर्क हुने गरेको भने बताएका छन् । उनले प्रहरीसमक्ष आफैँ पुगी बयान दिएका थिए ।

तिब्बतीयन मुलका बेल्जियन नागरिक दावाले आफ्नो गाउँले अमला रोकासँग विवाह गरेका कारण चिनजान भएको दिपेशले बयान दिएका छन् ।

उनले भनेका छन्–‘अमला मेरो गाउँले र निज शहिद परिवारको भएको साथै माओवादीको रोल्पा–काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष भएकोले निजसँग सम्पर्क भेटघाट र चिनजान भएको हो ।’