१८ श्रावण २०८३, सोमबार 1785763611
Banner

एमसीसीको विरोध गर्दैमा ठूलो मान्छे हुने भए, जनमोर्चाले सय सिट ल्याउथ्यो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पहलकदमीमा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहति एमसीसी पास भएको बताएका छन् । आइतबार पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ। केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नुपर्थ्यो भन्नेछ। अरू केही होइन। त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्ने अनि जनताले साथ वाहवाह भनेर साथ दिने थे भन्नु हवाई कल्पनाबाहेक केही पनि होइन।’

यस्तै, उनले एमसीसीको विरोध गर्दैमा ठूलो माछे हुने भए जनमोर्चाले एक सय सिट ल्याउनेपर्ने पनि बताए ।