११ भदौ २०८३, बिहिबार 1787868223
Banner

संविधान दिवसमा एमालेले झण्डासँग सेल्फी कार्यक्रम गर्ने

काठमाडौं-नेकपा एमालेले संविधान दिवस (असोज ३ गते) काठमाडौंको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ।

असोज ३ गते बिहान ७ बजे नारायणचौरको कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गर्नु भएको छ।

अध्यक्ष ओलीले सोमबार एक भिडिओ सन्देश जारी गर्नुहुँदै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गर्नु भएको छ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रा हक संविधानमा लेखिएका दिन, असोज ३ गते । असोज ३ गतेको मर्निङवाक नेश्नल वाक, सेल्फी वीथ नेश्नल फ्ल्याग। आउनुस् नारायण चौरमा ३ गते भेट गरौं । यस पटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं।’