१९ श्रावण २०८३, मंगलबार 1785822807
Banner

सुवास नेम्वाङको सम्झनामा एमालेले आज सातै प्रदेशमा विचार गोष्ठी गर्दै

काठमाडौँ– नेकपा एमालेले तत्कालीन संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको सम्झनामा आज सातवटै प्रदेशमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले हालै दिवङ्गत नेता नेम्वाङको सम्झनामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो।

गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिएको छ । विचार गोष्ठी अन्तर्गत पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्
यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेश, कोशी प्रदेशमा रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डेले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

नेम्वाङको गत मंगलबार हृदयघातका कारण निधन भएको थियो।