२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:59 pm
Banner

संविधान दिवसमा राष्ट्रिय झण्डासँग एमालेको सेल्फी (तस्विरहरु)

सूचना प्रेस २०८० आश्विन ३ बुधबार ००:००, ०९:०४ बजे १ मिनेट पढाइ

काठमाडौँ–नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ ।

आज काठमाडौँ नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले सेल्फी खिचाउनुभएको छ । 

नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ । यस्तै राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरू राखिएका छन् ।