१७ श्रावण २०८३, आइतबार 1785710980
Banner

चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौ । नेपाली कांग्रेसले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।  सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।  

केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा चन्द्र भण्डारी (गुल्मी) सहित मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही),  शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) रहेका छन् । 

कांग्रेस केन्द्रीय समिति बैठकअघि देउवाले उहाँहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नु भएको हो । मनोनीतमध्ये भण्डारी गत महाधिवेशनमा उपसभापतिमा पराजित हुनु भएको थियो । कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबार पार्टी कार्यालय सानेपामा सुरु भएको छ।