२८ भदौ २०८३, आइतबार 1789360052
Banner

आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता जारी

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सुरु भएको छ। गृह मन्त्रालयमा जारी वार्तालाई आजै सहमतिमा पु¥याउने तयारी छ । सरकारसँगको वार्ताअघि शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा शिक्षकका प्रतिनिधि वार्तामा बसेका थिए।

जारी वार्तामा कानून मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई पनि सहभागी छन्। विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरु बुधबारदेखि आन्दोलनरत छन्।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ । आफूहरूका मागका बारेमा शिक्षक संगठनका प्रतिनिधिहरूले बिहीबार बिहान र साँझ तथा आज शुक्रबार बिहान पनि मन्त्रीहरुसँग छलफल गरेका थिए ।