१८ असार २०८३, बिहिबार 1783050643
Banner

राखत शिक्षकको आन्दोलन जारी

काठमाडौं । शिक्षक महासंघ र सरकारबीच सहमति भए पनि राहत शिक्षकहरूले आन्दोलन जारी राखेका छन्।

सरकार र शिक्षक महासंघबीच भएको सहमतिले राहत शिक्षकका मागको सम्बोधन नगरेको भन्दै उनीहरुले आफ्नो आन्दोलन जारी राखेका हुन् ।

यतिखेर उनीहरुको आन्दोलन काठमाडौंको बानेश्वरमा प्रदर्शनमा जारी छ ।

राहत शिक्षकसँगै, बाल शिक्षक, विद्यालय कर्मचारीहरूको माग सम्बोधन नभएको भन्दै प्रदर्शन शिक्षकहरू प्रदर्शनमा छन्।

शुक्रबार सरकारले शिक्षक महासंघसँग ६ बुँदे सहमति गरेको थियो। यो सहमतिपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै आफूहरूको माग सम्बोधन नभएको बताएका थिए।

शिक्षक महासंघले सबै जिल्लाबाट शिक्षकहरूलाई काठमाडौंमा उतारेर राहत शिक्षकहरूका माग सम्बोधन नगरेकोमा गुनासो समेत गरेका छन्।