८ मंसिर २०८१, शनिबार 1732406779
Banner

अनुहार देख्न नचाहनेहरुसँग एकताको गीत गाएर हिँड्नुको अर्थ छैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीको अस्तित्व स्वीकार र अनुहार नै देख्न नहाचने प्रवृत्ति भएकाहरुसँग पार्टी एकताको गीत गाएर हिँड्नुको कुनै अर्थ नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन विचार मिल्नेहरूको समाजवादी मोर्चा बनाए पनि अहिले नै अर्को पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताए ।

उनले एमालेभित्र आत्मसमर्पण र दासता स्वीकार्य नभएकै कारण आफूहरूले विद्रोह गर्नुपरेको स्मरण गरे ।

अध्यक्ष नेपालले गठबन्धन सरकारबाट बारिहिने कुरा पार्टीलाई सिद्धाउने कुरा मात्रै रहेको र कांग्रेसलाई चिड्याएर मुलुक निर्माणको सिंगो अभियानलाई धरासायी बनाउने दिशातर्फ जान नसकिने स्पष्ट पारे ।