२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 7:19 pm
Banner

क्यान नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन सुरु

सूचना प्रेस २०८० आश्विन ६ शनिबार ००:००, १४:४० बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ ।

अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भए पनि अन्य पदमा सहमति हुन नसक्दा मतदान सुरु भएको हो ।

सचिव पदमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल प्रतिस्पर्धामा छन् । पाँच प्रदेशबाट चयन हुने एकरएक जना सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको छ ।