१० कार्तिक २०८१, शनिबार 1729951638
राजनीति

२०८४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउँछ:ईश्वर पोखरेल

काठमााडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २०८४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने बताएका छन् ।

सोमबार बागमती प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रो यो लक्ष्यलाई पूरा गर्नका लागि हाम्रो कतिपय आन्तरिक कुराहरुलाई मिलाउनुपर्ने जरुरत छ । हाम्रो विचारमा देखिएका समस्यामा हामी ठीक ढंगले अगाडि बढ्न सकेनौं भने हाम्रो संगठनात्मक क्षेत्रमा देखिएको बेथिति मिलाउन सकेनौं भने हाम्रो लक्ष्य पूरा गर्न सक्दनौं ।’

एमाले बलियो नभए अहिले बढेको सामाजिक अराजतकता अन्त्य गर्न नसकिने सुनाए । उनले अहिले सरकार सरकार नभएर देशलाई बर्बाद पार्ने अपराधिक गिरोह भएको आरोप लगाए ।