१० कार्तिक २०८१, शनिबार 1729952153
Banner

संघीयता मजबुत पार्न अब शासकहरुले कन्जुस्याईं गर्नुहुन्न : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता मजबुत पारेर देश बदल्न अब शासकहरुले कन्जुस्याईं गर्न नहुने बताएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन समारोहमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले शासकको कन्जुस्याईले स्थानीय तह र प्रदेशहरु पाएको अधिकारबाट पनि बंचित रहेको बताए ।

उनले भने, ‘संघीयताको मर्म अनुसार स्थानीय तह र प्रदेशहरुलाई अधिकार दिन कन्जुस्याई भएको छ । अब दिल खोलेर अधिकार दिनुपर्छ । अधिकार दिन कन्जुस्याईं गर्नु हुँदैन ।’

राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सोमबार नागरिक अभिनन्दन गरिएको हो ।