२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 5:56 pm
Banner

एमाले वाग्मती प्रदेश अधिवेशनको आज बन्दसत्र

सूचना प्रेस २०८० आश्विन ९ मंगलबार ००:००, ०६:११ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज हुँदै छ ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको बन्दसत्र बिहान ८ बजेबाट सुरु हुने बताइएको छ । अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ ।

अधिवेशनबाट १ अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिवसहित २४० नयाँ कार्यसमिति चयन गर्नेछ ।