८ मंसिर २०८१, शनिबार 1732404135
Banner

उभिएर प्रदर्शन गरिरहेका ईशानको आन्दोलनमा एमाले उपाध्यक्ष पाण्डेको पनि ऐक्यबद्धता

काठमाडाैँ । फुटपाथ व्यवसायीको पक्षमा आन्दोलन गरिरहेका ‘ई’को पक्षमा ऐक्यबद्धता जनाउन नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि राष्ट्रिय सभागृह पुग्नुभएकाे छ ।  

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पाण्डेले मंगलवार बिहान सभागृह पुगेर ‘ई’को आन्दोलनमा ऐक्यबद्धता जनाउनुभएकाे हाे । 

‘सडक–साइकल–गाडाः परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर, विकल्प देऊ,’ उहाँले बोकेको प्ले कार्डमा लेखिएको छ ।  

पाण्डेसँगै राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि मंगलवार बिहान नै ‘ई’को पक्षमा ऐक्यबद्धता जनाउन राष्ट्रिय सभागृहअगाडि पुग्नुभएकाे थियाे । 

यसअघि ‘ई’लाई भेट्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख (उपमेयर) सुनीता डंगोल पनि राष्ट्रिय सभागृह अगाडि पुग्नुभएकाे थियाे ।  

अभियन्ता ‘ई’ महानगरको कार्यालय रहेको सभागृहको गेटमा १८९ घण्टाभन्दा बढी समयदेखि उभिइरहेका छन् ।