१० कार्तिक २०८१, शनिबार 1729951602
Banner

अभियान्ताको पक्षमा फुटपाथ व्यापारीको प्रदर्शन

काठमाडौं । अभियन्ता ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि प्रदर्शन भएको छ ।

मंगलबार सयौँको संख्यामा भेला भएर फुटपाथ व्यवसायीले ईःको समर्थनमा प्रर्दशन गरेका हुन् । प्रदर्शनमा सहभागी फुटपाथ व्यवसायीहरुले महानगरको विरोधमा नाराबाजी गरिरहेका छन् ।

फुटपाथ व्यवसायी माथि महानगरपालिकाले क्रुरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायतको विरोधमा अभियन्ता ईः ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् ।

यद्यपि महानगरले ईःसँग वार्ताका लागि वार्ता टोली गठन गरेको छ । त्यसैगरी ईः पक्षले पनि वार्ताका लागि वर्ता टोली गठन गरेको छ ।