१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 11:00 pm
Banner

धादिङमा माओवादीबाट निर्वाचित एक मात्र अध्यक्ष डल्लाकोटी एमाले प्रवेश

सूचना प्रेस २०७८ चैत्र २१ सोमबार ००:००, १३:३५ बजे १ मिनेट पढाइ

काठमाडौं- नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

आज चैत २१ गते नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर पार्टी प्रवेश गर्नुभएको हो ।

उहाँ नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य हुनुहुन्थ्यो । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि आफ्नै घर फर्कनुभएको हो ।