२३ आश्विन २०८१, बुधबार 1728502039
Banner

एमाले बागमती प्रदेशको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको वाग्मती प्रदेशको पहिलो अधिवेशनअन्तर्गत हुन लागेको निर्वाचनमा अध्यक्षका लागि ५ जनाको उ‍मेदवारी परेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा जारी बन्दसत्रमा अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै, उपाध्यक्षको लागि दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उमेदवारी परेको छ ।

सचिवमा पनि चारजनाको उमेदवारी परेको छ । सचिवका लागि रत्ना गुरुङ, हस्त पण्डित, नवराज सिलवाल र डा. रामकुमार अधिकारीले उमेदवारी दिएका छन् ।

उपसचिवका लागि १२ जनाको उमेदवारी परेको छ । खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उमेदवारी दिएका छन् ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् ।