१९ बैशाख २०८३, शनिबार 1777717883
Banner

६० किलो सुन प्रकरणमा प्रतिवादीको तर्फबाट बहस हुँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास गराइसकेको ६० किलो सुन तस्करी प्रकरणको मुद्दामा प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने भएका छन् ।

यसअघि बुधबार सरकारी पक्षले सो मुद्दामा सरकारी पक्षले बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका ५ जना सह–न्यायाधिवक्ताहरुले बुधबार बहस गरेका थिए। काठमाडौं जिल्ला अदालतमा बुधबार नै प्रतिवादीहरुको बयान सकाएर थुनछेक बहस सुरु भएको थियो।

अदालतले मुद्दाको पुर्पक्षका लागि प्रतिवादीहरुलाई तारेख, धरौटी वा थुनामा राख्ने भन्नेबारे निर्णय सुनाउनका लागि भएको बहसमा पहिलो दिन सरकारी पक्षले आफ्ना दाबीहरु पेस गरेको थियो।

बहस गरेका सरकारी वकिलहरुले अभियोगको बचाउ गर्दै पक्राउ परेर अभियोगपत्रसँगै पेस भएका सबै आरोपीलाई धरौटी वा तारेखमा रिहा गर्न नमिल्ने भएकाले पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।