१० श्रावण २०८३, आइतबार 1785089580
Banner

स्थानीय चुनावलाई मतपत्र छपाइ सुरू

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्न सुरू गरेको छ।

२०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक करोड ९४ लाख थान मतपत्र छपाइ गरिने बताउनु भयो ।

आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ।

‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने छन् । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ,’ प्रवक्ता पौडेलले बताउनु भयो ।  

राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित साना दल गरी ७९ दलले स्थानीय चुनावमा भाग लिँदै छन्। आयोगले साना दललाई पनि उनीहरूले नै प्रयोग गर्दै आएको चुनाव चिन्ह दिने बताएको छ।