काठमाडौँ — नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ ।
क्वात्रा सन् १९८८ देखि कूटनीतिक सेवामा प्रवेश गरेका थिए । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सँगै गएका क्वात्रा दिल्लीमै छन् । क्वात्राको नियुक्तिबारे सोमबार भारत सरकारले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रुपमा काम गरिसकेका थिए । २०१० देखि २०१३ सम्म उनले अमेरिकास्थित भारतीय दूतावासमा पनि काम गरेका थिए ।