२७ भदौ २०८३, शनिबार 1789276197
Banner

ठगीको आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । नेपाली चलचित्रका अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटेको टोलीले अभिनेता केसीलाई साँगाबाट पक्राउ गरेको हो ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । 

केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएको तर, फिल्म खेल्न नमानेपछी पटक पटक  छलफलका लागी बोलाउदा समेत नआएपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।

केसीका कारण लगानी र ६५ जना प्राविधिक समेत अलपत्र परेका छन् ।