२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 2:24 pm
Banner

एमालेको कर्णाली प्रदेशमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

सूचना प्रेस २०८० आश्विन १३ शनिबार ००:००, ०८:५४ बजे १ मिनेट पढाइ

काठमाडौं -नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको नेतृत्व चयनका लागि आज मतदान हुदैछ । आज १२ बजे देखि मतदान हुने भनिएकोमा त्यसलाई ३ बजे सार्ने तयारी भइरहेको अध्यक्ष मण्डलका एक सदस्यले बताए ।

उनका अनुसार आज बिहान ८बजे उम्मेद्वारी फिर्ताको समयलाई सारेर १० बजेसम्म समय थपिएको छ । तीनदिन अघि सुरु भएको अधिवेशनको हिजोको मनोनयनमा अध्यक्ष पदमा पाँचजनाले उम्मेद्वारी दर्ता गरेका छन् । निर्वाचन अधिकृत रामबाबु विसीका अनुसार सल्यानका गुलाबजंग शाह,कालिकोटका मीन बहादुर शाही, दैलेखका राजबहादुर शाही,कालिकोटका प्रेमबहादुर सिंह र कालिकोटकै प्रकाश रोकायले उम्मेद्वारी दर्ता गराएका छन् ।

एक उपाध्यक्षका लागि तीन्जनाले मनोनयन दर्ता गरेका छन् । जसमा टेकराज पछाई जुम्ला,लालबहादुर महतरा जाजरकोट र दानसिंह परियार मुगु रहेका छन् । सचिवमा सुर्खेतका डण्डी शर्मा र ध्रुव शाही र दैलेखका रुद्र शाहीको उम्मेद्वारी छ । दुई उपसचिवका लागि ११ जनाको उम्मेद्वारी परेको छ । पाँच पदाधिकारी र १ सय ३० जना प्रदेश सदस्य गरी १सय ३५ जनाको प्रदेश कमिटी गठन हुनेछ ।