१० कार्तिक २०८१, शनिबार 1729945078
Banner

एमाले कर्णाली प्रदेश अधिवेशन : राजबहादुर शाही र प्रेमबहादुर सिंहले फिर्ता लिए उम्मेदवारी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षका उम्मेदवारमध्ये दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षका पाँच उम्मेदवारमध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् ।

निर्वाचन समितिका अनुसार कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसअनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका थिए ।

आज हुने निर्वाचनले एमाले कर्णाली अधिवेशनले पाँच जना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए । कर्णालीका १० जिल्लाका ६०४ प्रतिनिधिहरूले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।