काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिने निर्णय गरेको छ ।
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको हो ।
हाल सो पार्टीको अध्यक्ष रञ्जिता चौधरी छिन् । तर, बैठकले प्रथम महाधिवेशन आयोजक समितिको संयोजक दिई चौधरीलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको छ ।
बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा हुने भएको छ ।