१० कार्तिक २०८१, शनिबार 1729923025
Banner

यौन दुव्यवहारको आरोप लागेका एससएसपीले दिए राजीामा

काठमाडौं । सहकर्मीमाथि यौन दुव्र्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् ।

शनिबार एसएसपी पालले राजीनामा दिएका हुन् । प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार उनको राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको छ ।

पालले सहकर्मी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समिति बनाएको थियो ।

समितिले एसएसपी पाललाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएको प्रहरीले स्रोतले बतायो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा बिदा माग्न गएकी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए ।