१० कार्तिक २०८१, शनिबार 1729922742
पालिका

मध्यपुर थिमि नगरपालिकाद्वारा वार्षिक प्रगतिबारे समीक्षा सम्पन्न, आगामी ४ वर्षका लागि मार्गदर्शक बन्ने अपेक्षा

काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रगतिबारे समीक्षा गरेको छ ।

नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय सरकारले लिएको नीति र सोका लागि छुट्याइएको बजेट कार्यान्वयनबारे जानकारी, सिर्जित समस्या र सोको सुधारका लागि वार्षिक प्रगति समीक्षा गरिएको जानकारी दिए ।

समीक्षाले कर्मचारी र जनप्रतिनिधिका गुनासा, जनप्रतिनिधि र कर्मचारीप्रति जनताका गुनासालाई सहज ढंगले समाधान गर्न सहयोग गर्नमा भूमिका निर्वाह गर्ने उनले बताए ।

‘हामीले नीति निर्माण गर्छौँ, सो नीति कार्यान्वयन गर्ने हक कर्मचारीको हातमा छ । जनताको गुनासो कर्मचारी र कर्मचारीको गुनासो जनप्रतिनिधिप्रति छ । सोको सहजताका लागि यो कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने ।

वार्षिक प्रगति सक्षमीक्षले आगामी चार वर्षको वेलाई मार्गदर्शन गर्ने अध्यक्ष श्रेष्ठले बताए ।