२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 6:29 pm
समाचार

सेवाग्राहीको मागअनुसार काम गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

सूचना प्रेस २०८० आश्विन १७ बुधबार ००:००, ०६:२५ बजे १ मिनेट पढाइ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरङ्ग ओपिडी सेवा सेवाग्राहीको मागअनुसार प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

अस्पतालले हालै सुरु गरेको बाल क्यान्सर वार्ड र पोष्ट अपरेशन वार्डको आज उदघाटन गर्दै उहाँले बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्दा उपयुक्त हुने बताउनुभयो । मन्त्री बस्नेतले सेवा प्रवाहमा कुनै पनि किसीमको कमजोरी नगर्न पनि सुझाव दिनुभयो । 

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले क्यान्सर अस्पतालका लागि अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिनुभयो ।