९ कार्तिक २०८१, शुक्रबार 1729908904
Banner

प्रहरी सेवामा कार्यरत दीपेन्द्रसिंह ऐरीको भयो बढुवा

काठमाडौं । नेपाल प्रहरीमा सेवारत क्रिकेटर दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा विश्वकिर्तिमानी ब्याटिङ गरेसँगै उनको पद बढुवा भएको छ ।

उनी प्रहरी सेवामा जवान पदमा कार्यरत उनी प्रहरी सहायक हवल्दारमा बढुवा भएका हुन् ।

प्रहरी प्रवक्ता कुवेर कडायतले क्रिकेटमा विश्वकीर्तिमान राखेको सम्मानस्वरूप उनलाई बढुवा गर्ने निर्णय गरिएको जानकारी दिए ।

दीपेन्द्र सन् २०१६ देखि नेपाल प्रहरीमा आवद्ध थिए । उनी नेपाल प्रहरीको क्रिकेट टीमका कप्तानसमेत हुन् । चीनमा आयोजित एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धामा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धसतक बनाउदै विश्वकीर्तिमान रचेका छन् ।