१० कार्तिक २०८१, शनिबार 1729944870
Banner

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची छ । गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, कार्कीले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन । उनले विश्वासको मत लिन नेपाली कांग्रेस २९, माओवादी १३, नेकपा एकीकृत समाजवादी ४ मध्ये कुनै एक दललाई आफूतिर तान्नुपर्छ । जसपाको १ मत पाएर पनि उनले विश्वासको मत लिन सक्दैनन् ।

गठबन्धनमा रहेका कुनै पनि दलले अहिले सरकारलाई विश्वासको मत दिने संकेत गरेका छैनन् । गठबन्धनमा रहेका काग्रेस माओवादी, एकीकृत समाजावदी र जसपाले नै अहिलेको सरकारलाई विश्वासको मत नदिने संकेत गरेका छन् ।