९ कार्तिक २०८१, शुक्रबार 1729901850
Banner

शेखरको प्रचण्डलाई प्रश्न : जातीय राज्य तपाईंको खल्तीबाट दिने हो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाहदैमा नेपालमा जातीय राज्य सम्भव नहुने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस गोरखाको शहीद लगन–काठमाडौं गाउँ सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा डा.कोइरालाले यस्तो बताएका हुन् । सो क्रममा सडकमा लाखौं मान्छे उतार्छु भनेर प्रधानमन्त्रीले कसलाई धम्की दिएको भनी प्रश्नसमेत गरेका छन्

कोइरालाले भने, ‘गोरखाबाटै निर्वाचित भएको प्रधानमन्त्रीले सडकमा लाखौं मान्छे उतार्छु भनेर धम्की दिइरहेका छन् । उनी देशको प्रधानमन्त्री हुन् कि पार्टीको अध्यक्ष रु यसरी गैरजिम्मेवारी बोल्न मिल्दैन । उनले विराटनगर गएर २०८४ मा माओवादीलाई जिताउनुस्,म जातीय राज्य दिन्छु भने । के प्रधानमन्त्रीले खल्तिबाट जातीय राज्य निकालेर दिने हो रु उहाँले पहिलो संविधान सभामा जातीय राज्य दिएको होइन रु उहाँले चाहदैमा हुँदैन र यो देश जातीय,धार्मिक र साम्प्रदायिक हिसाबले मिलेको देशलाई भाँड्ने अराजक कुरा गर्न मिल्दैन ।’