९ कार्तिक २०८१, शुक्रबार 1729901846
राजनीति

एमाले काठमाडौं महानगर कमिटीद्वारा प्रदेश कमिटी सदस्यमा निर्वाचित १२ जनालाई सम्मान

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमडौं महानगरपालिकाबाट नेकपा एमाले प्रदेश कमिटी सदस्यमा निर्वाचित १२ जनालाई सम्मान गरेको छ ।

एमाले महानगर कमिटीले सोमबार बागमती प्रदेश प्रथम अधिवेशनबाट सो पदमा निर्वाचित १२ जनालाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

निर्वाचित हुनेहरुमा गणेशप्रसाद दुलाल, शिव भट्टराई, विदुर मैनाली, विष्णकुमारी भुसाल,शिवसुन्दर राजवैद्य, हरिप्रसाद अधिकारी,मनरत्न शाक्य,ओम थपलीया, मीना काफ्ले, शोभा सापकोटा,ईन्दिरा फुयाल, सरिता दाहाल छन् ।

नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा काठमाडौं महानगर इन्चार्ज रामेश्वर फुयाले एमाले पुनर्जागरण भएको कुरा व्यवहारमा देखिने गरी काम गर्नुपर्ने बताए । उनले भने, ‘नेकपा एमाले आगामी २०८४ मा हरेक वडा र पालिकामा ५१ प्रतिशत हुनुपर्छ भनी लागिपरेका छौँ ।’ उनले निर्वाचितहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

महानगरको सचिवालयको बैठकमा काठमाडौं महानगरपालिका अध्यक्ष निर्मल देउला काठमाडौं महानगरका सबै वडाहरुको रिपोर्टिङ गरे ।

साथै, उनले प्रदेश कमिटीमा चयन हुनेहरुलाई बधाई तथा शुभकामना दिएका थिए । यस्तै, उनले बागमती प्रदेशको प्रथम अधिवेशनको समीक्षा गरे ।

साथै, उनले नेकपा एमालेले लम्कीस्किन,भूमिहीनका समस्या उठाउँदै अएको बताए । महानगर कमिटीले लम्पीस्किनबारे सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा प्रदर्शन गरेको थियो । सोहीको प्रभावमा सरकारले किसानलाई क्षतिपूर्तिसमेत दिएको थियो ।

उनले एमालेले भूमिहीनहरुको मुद्दा उठाएपछि महानगरपालिकाबाहेक सरकारले निवेदनका लागि खुला गरेको जनाए ।

कार्यक्रममा अध्यक्ष निर्मल देउला, सचिव गणेश श्रेष्ठ र उपसचिव ३२ वडाको रिपोर्टिङ गरेका थिए ।