९ कार्तिक २०८१, शुक्रबार 1729894365
Banner

कांग्रेसद्वारा इजरायल आक्रमणमा घाइते भएकाहरु सरकारको खर्चमा उपचार गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले इजरायल आक्रमणमा घाइते भएकाहरुको सरकारको खर्चमा उपचार गर्न माग गरेको छ ।

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले १० जना नेपाली विद्यार्थीको समेत ज्यान लिने गरी हमासले गरेको आक्रमणको भर्त्सना गर्दै सो माग गरेको हो ।

यस्तै, कांग्रेसले मृतकको शव यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन पनि माग गरेको छ ।

घटनामा घाइते भएका दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।