१० कार्तिक २०८१, शनिबार 1729966526
Banner

इजरायल-प्यालेस्टाइन तनावले राष्ट्र संघका महासचिवको नेपाल भ्रमण स्थगित

काठमाडौं : इजरायल-प्यालेस्टाइन युद्धले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हाललाई स्थगित भएको छ। महासचिव गुटेरेस असोज २६ गते नेपाल आउने कार्यक्रम तय भएको थियो। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले असोज २६ गते आउने भनिएका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित भएको बताईन।

प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा काठमाडौं आउन लागेका महासचिव गुटेरेस २९ गते यतैबाट चीन जाने कार्यक्रम तय भएको थियो। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका बेला असोज पहिलो साता प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसलाई भेटेर नेपाल भ्रमणको निम्तो दिएका थिए। 

नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, राजनीतिक दलका नेतासँग भेट गर्ने कार्यक्रम तय भएको थियो।  गुटेरेसले द्वन्द्वकालका पीडितहरूसँग समेत भेट गर्ने तयारी गरेका थिए।