१० कार्तिक २०८१, शनिबार 1729945486
समाचार

भृकुटीमण्डमा जारी जुत्ता चप्पल मेलामा उपभोक्ताको थामी नसक्नु भीड, १२ करोडभन्दा माथिको व्यापार हुने अनुमान

काठमाडौं । दशैँलाई लक्षित गरेर असोजको ३ गतेदेखि जारी जुत्ता चप्पल महोत्सवमा उपभोक्ताको थामिनसक्नु भीड लागेको छ। भृकृटीमण्डपमा जारी जुत्ता चप्पल महोत्सवमा उपभोक्ताको उल्लेख्य सहभागीता रहेको पाइएको हो ।

नेपाली ब्राण्डका जुत्ता तथा चप्पल राखिएको महोत्सवमा कम्पनीहरुले न्यूनतम् २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । १० वटा कम्पनीले उत्पादन गरेको जुत्ता चप्पल महोत्सवमा ५ सयदेखि ८ हजारसम्मका जुत्ता राखिएको मेला संचालक रुद्र न्यौपानले बताउनुभयो ।

दशै लक्षित मेलामा उपभोक्ताको थामी नसक्नुको भीडले सोचेभन्दा पनि राम्रो व्यापार भएको उहाँले बताउनुभयो । मेलामा करिब १२ करोडसम्मको कारोबार गरिने उहाँको भनाइ छ । मेलामा कतिपय व्यवसायीले स्टकमा रहेको जुत्ता घाटा खाएरपनि बेचिरहेको उहाँले बताउनुभयो ।

गोदाममा रहेको स्टक सामानलाई क्यासमा रुपान्तरण गर्ने उदेश्यले पनि कतिपय व्यवसायीले सस्तोमा सामान बेचिरहेको उहाँले बताउनुभयो । महोत्सवमा रन शु, शिखर शु, भेटन, गोल्डस्टार लगायतका १० वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहेको छ ।

जुत्ता मेला कार्तिक ४ गतेसम्म चल्नेछ ।