९ कार्तिक २०८१, शुक्रबार 1729916112
Banner

बागमती नदी किनारमा युवकको शव भेटियो

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् ।

घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । घटनास्थलमा रगत र सिरिन्ज भेटिएको प्रहरीले जनाएको छ । उनी लागु औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।