२७ भदौ २०८३, शनिबार 1789244996
Banner

मन्त्रिपरिषद्को निर्णयअनुसार पाँच सिडिओको सुरुवा, कसलाई कहाँको जिम्मेवारी ?

काठमाडौं । गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेका हुन् ।

जसमा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमालालाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी, सर्लहीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलामको प्रमुख जिल्ला अधिकारी, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई गृह मन्त्रालय तानिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव टुवराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।