३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:21 pm
Banner

प्रतिनिधिसभा बैठक कातिक १२ गतेसम्म स्थगित

सूचना प्रेस २०८० आश्विन २६ शुक्रबार ००:००, १६:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी कातिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै प्रतिनिधिसभा बैठक कातिक १२ गते आइतबारसम्मका लागि स्थगित भएको जनाएका हुन् ।

आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।