८ मंसिर २०८१, शनिबार 1732347923
Banner

सरकारका लागि राजनीति दलभन्दा जनता महत्वपूर्ण हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका निम्ति सरकारभन्दा जनता महत्वपूर्ण हुनुपर्ने बताएका छन् ।

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)लाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
ओलीले तानाशाही शासन व्यवस्था र शासकबाट मुक्ति हुन खोलिएका दल जनताको हितमा केन्द्रित हुनुपर्ने बताए ।

‘राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था हुन् । त्यसकारण राजनीतिक दलका निम्ति सरकार भन्दा जनता ज्यादा महत्वपूर्ण हुनुपर्दछ । हामीले आज विशेष जोड दिनुपरेको छ’ ओलीले भनेका छन्, ‘राजनीतिक दलहरूले केवल कार्यकारी शक्तिको अभ्यास गर्न होइन, दीर्घकालिक राष्ट्रिय हितको रक्षा गर्न सक्षम, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई सम्पूर्ण रूपले केन्द्रित गर्नुपर्दछ ।’