काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी निर्वाचनमा गंगाधर गौतमले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
एनआरएनए आइसीसीको निर्वाचन अक्टोबर १९ तारिख हुँदै छ। गौतम वर्तमान कमिटीका सचिव हुन्। गौतमले आइतबार काठमाडौँमा रहेको एनआरएनए निर्वाचन समितिको कार्यालय बालुवाटारमा आफ्नो पदमा मनोनयन दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा साउदी अरेबियाबाट अर्जुन थापा र इटालीबाट राजन चापागाईँ रहेका छन् भने समर्थकमा बेल्जियमका मदन दवाडी र जापानका नारायण सुबेदी रहेकाको गौतमले जनाएका छन्। निर्वाचन समितिले आज दिउँसो एक बजे सम्म लाई मनोनयन दर्ता गर्ने समय तोकेको छ।
एक अध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव सहित ७४ वटा पदको लागि निर्वाचन हुदैछ ।